समाचार

नेपालले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

०
Banner

काठमाडौं, पुस १९
युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा सरकारले रोक लगाएको छ ।

रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
‘रुसी सेनामा गएर नेपालीहरुको मृत्यु भएको खबर आइरहेको भन्दै यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेको उनले बताए ।
हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>