Breaking News

प्रधानमन्त्री प्रचण्डले भनेः साना दुःख र संघर्षले बनेको गठबन्धन होइन, पूरै अवधि जान्छ

Banner

काठमाडौं, पुस १९-

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले धेरै दुःख र संघर्षले बनेको गठबन्धन भएकोले पुरै समय जाने बताएका छन् ।

रामेछापको सुनापति गाउँपालिकाको भवन आज उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी एमालेलाई उदारता प्रदर्शन गर्दा सत्ता गठबन्धनमा आँच आउन नदिइने बताएका हुन् ।

उनले यस्ता निर्णयले गठबन्धनमा कुनै आँच नआउने पनि बताए । उनले भने, ‘कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन । यो गठबन्धन सानो दुःख र संघर्षले बनेको गठबन्धन होइन,’ उनले भने, ‘संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो ।’

प्रधानमन्त्री दाहालले भने, ‘यो गठबन्धन पूरै अवधि जान्छ । यसमा कतै ’इफ, बट’ नसोच्नुहोला । कुनै आशंका गर्न जरूरी छैन ।’ उनले सदन सुचारू गर्न र शान्ति प्रक्रियाका बाँकी काम सहज रूपले अघि बढाउन सत्तापक्ष र प्रतिपक्षका बीचमा हुन सक्ने जति समझदारी होस् भनेर चाहेको बताए।
‘केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो। लेखा समिति। जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ । तर, हामीले सदन सुचारू गर्न सजिलो होस् र विधेयक अघि बढाउन सहज होस् भन्नाका लागि यो पटक लेखासहित तीन समिति सभापति नेकपा (एमाले) लाई दियौं।’ उनले अहिले केही मानिसहरूले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाइरहेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>