समाचार

तीन वर्ष कैद र जरिवानाको माग गर्दै मन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी

०
Banner

काठमाडौं, पुस १९-

संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन् ।

पुसको पहिलो साता मन्त्री किरातीले एक कार्यक्रममा क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ ।

लुइँटेलले उनलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>