चितवन विशेष

चितवनमा १० कथाकारहरुले एउटै मञ्चबाट कथा वाचन गर्दै

Banner

चितवन, पुस १९-

चितवनमा आगामी शनिबार १० कथाकारहरुले एउटै मञ्चबाट कथा वाचन गर्दै छन् ।

सामाजिक सवाल र विषयवस्तुमा सामूहिक छलफल तथा अन्तरक्रिया चलाउँदै आएको संस्था लेट्स टकले १० लोकप्रिय कथाकारलाई मञ्चमा उतार्न लागेको हो ।

भरतपुरको होटल अशोकामा हुने कार्यक्रममा चितवनका लोकप्रिय लघुकथाकारहरु शान्ति शर्मा, किसान प्रेमी, निर्दाेष जीवन, बसन्त पराजुली, गायत्री अधिकारी, विपिन पाठक, अविरल यात्री, अल्बिना सापकोटा, बासुदेव सापकोटा र दिनेश नाइसा रहेका छन् ।

‘लेट्स टक’ ८० औं श्रृंखला अन्तर्गत १० कथाकारलाई प्रस्तुत गरिएको यस कार्यक्रममा वागेश्वरी असल शासन क्लबले सहकार्य गरेको छ । कार्यक्रममा १० जना काथाकारले आफ्ना लघुकथाहरु १० मिनेटमा वाचन गरिसक्ने लेट्स टकका अध्यक्ष आकाश पौडेलले नारायणी अनलाइनलाई बताए । उनले यस खालको कथावाचन कार्यक्रम चितवनमा कमै हुने भएकोले आफूहरुले श्रोताहरुलाई फरक शैली दिनको लागि यस्तो कार्यक्रम गर्न लागेको बताए । पाठकहरुले निकै मनपराएका कथाकारहरुलाई स्टेजमा उतार्न पाउँदा खुसी लागेको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>