समाचार
म कतै गएको छैन, सदासदा नेपालीका साथमा छुः पूर्वराजा ज्ञानेन्द्र शाह
०

बुटवल, पुस १९-
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।
भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा बोल्दै देशको हिजो आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका हुन् ।
पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको सुनाए । ‘म जता जाउँ, जहाँ पुगु जन आवाज उठेको सुन्छु’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, देश बचाऊ ।’
तर आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको उनले बताए । ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु’ पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेपालीहरुको सुखदुख सुविधा, असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























