राजनीति
क्रान्ति अझै जारी छ, सकिएको छैनः प्रधानमन्त्री प्रचण्ड
०

रामेछाप, पुस १९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै जारी रहेको बताएका छन् ।
बिहीबार दिउँसो रामेछापको बेथानमा भएको कार्यक्रममा बोल्दै उनले क्रान्ति अझै जारी रहेको बताएका हुन् ।
उनले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए ।
‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ,’ प्रचण्डले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’
उनले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























