क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेट: रुविना सर्वोत्कृष्ट खेलाडी

Banner

काठमाडौँ, पुस १८-

प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्म्पन्न खेलमा कप्तान क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

यसैगरी गण्डकी प्रदेशकी ज्योत्स्निका मरासिनी उदियमान खेलाडी घोषित भइन् । उनले उपाधिसहित रु ५० हजार बराबरको क्रिकेट सामग्री प्राप्त गरिन् । प्रतियोगितामा मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर छनोट भइन् भने गण्डकी प्रदेशकी सुमन खतिवडाले उत्कृष्ट ब्याटरको उपाधि पाइन । दुवैजनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>