स्वास्थ्य
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
०

काठमाडौं, पुस १८-
कोभिड–१९ को सब भेरियन्ट जेएन।१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























