अपराध

भारतमा मःम पसलमा काम लगाइदिन्छु भन्दै मिर्गौला बेचबिखन, एक जना पक्राउ

Banner

काठमाडौँ, पुस १८-

मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन् । नुवाकोट बेलकोटगढी नागरपालिका(१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काममा लगाइदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए । त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>