स्वास्थ्य

कपाल झरेर हैरान हुनुहुन्छ? नरिवलको दूध हुन सक्छ फाइदाजनक

Banner

काठमाडौँ, पुस १८-

आज भोलि प्रदूषण, अस्वस्थकर जीवनशैली र खानपिन अनि पोषक तत्त्वको कमी आदि कारणले गर्दा विशेष गरी महिलाहरूमा कपाल झर्ने समस्या निकै बढेको छ । कपाल झर्ने समस्या कम गर्न बजारमा कयौँ महँगा महँगा प्रडक्ट पाइन्छ । तर कपालसम्बन्धी कयौँ समस्या समाधान गर्न नरिवलको दूध निकै फाइदाजनक हुन सक्छ ।

नरिवलको दूधमा धेरै पोषक तत्त्व पाइन्छ । यसको प्रयोगले कपाल स्वस्थ, बलियो अनि बढी चम्किलो हुन्छ । भिटामिन, मिनरल, फ्याटी एसिडले भरिपूर्ण नरिवलको दूध तपाईँको कपालका लागि निकै लाभकारी साबित हुन सक्छ । यसले कपाललाई अतिरिक्त पोषण दिन्छ । कपाललाई बढाउनुको साथै कपालको छालाले पनि पोषण पाउँछ ।

कसरी बनाउने नरिवलको दूध ?

नरिवलको दूध बजारमा पनि किन्न पाइन्छ । तर यसलाई घरमै पनि बनाउन सकिन्छ । ताजा नरिवललाई कोरेसोमा मसिनो हुने गरी कोर्नुस् । नरिवल जति छ त्यति नै पानी हालेर यो मिश्रणलाई ब्लेन्डरमा मसिनो नहुँदासम्म ब्लेन्ड गर्नुस् । अनि पातलो घोल बनाउनुस् । यसलाई मलमलको कपडा वा चिया छान्नेमा राखेर छान्नुस् । छोक्राछाक्री फ्याँक्नु अनि बचेको दूधलाई कयौँ तरिकाले कपालमा प्रयोग गर्न सकिन्छ ।

कोकोनट मिल्क कन्डिशनर

आधा कप नरिवलको दूधमा दुई चम्चा अर्गन आयल मिसाउनुस् । यसलाई चिसो कपालमा लगाएर छाडिदिनुस् । २०-३० मिनेटपछि पानीले कपाल धुनुस् ।

कोकोनट मिल्क र मेथीको मास्क

आधा कम नरिवलको दूधमा आधा चम्चा मेथीको धुलो मिसाउनुस् । यसलाई कपालमा लगाएर छाडिदिनुस् । अनि ३० मिनेटपछि कपाललाई राम्रोसँग धुनुस् । यो दूधलाई टाउकोको छाला र कपालमा सिधै पनि लगाउन सकिन्छ ।

फाइदास:

नरिवलको दूधबाट टाउकोको छालाले भिटामिन, मिनरल्स लगायत अत्यावश्यक पोषक तत्त्व पाउँछ । यसको नियमित प्रयोगले कपाल झर्ने क्रम सुस्त हुन्छ भने नयाँ कपालको वृद्धिमा पनि सघाउँछ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ । यसले कपाललाई बलियो बनाउँछ । बारम्बार आइरनको प्रयोग वा कडा खालको हेयर केयर प्रडक्टको प्रयोगले गर्दा कपालमा क्षति पुगेको छ भने नरिवलको दूध नियमित रूपमा प्रयोग गर्दा क्षति कम हुँदै जान्छ ।

कपालमा नियमित रूपमा नरिवलको दूधको प्रयोगले कपाल नरम, चम्किलो हुन्छ । छालालाई सुख्खा हुनबाट जोगाएर नरिवलको तेलले कपालमा चायाँ कम गर्ने, चिलाउने समस्या हटाउने काम पनि गर्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>