खेलकुद

केपी ओली कप फुटबल प्रतियोगिता फागुनमा

Banner

काठमाडौँ, पुस १८-

केपी ओली कप २०२४ फुटबल आगामी फागुन ११ देखि हुने भएको छ। राष्ट्रिय युवासंघ नेपालको आयोजनामा प्रतियोगिता फागुन ११ देखि २० गतेसम्म हुने भएको हो । प्रतियोगिताको यो दोस्रो संस्करण हो।

गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो।

दोस्रो संस्करणको केपी ओली कपका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आयोजक राष्ट्रिय युवा संघलाई फागुन ११ देखि २० गतेसम्मको मिति उपलब्ध गराएको युवासंघका प्रवक्ता निरोज पौडेल ले जानकारी गराएका छन।

एन्फाले प्रतियोगितामा सहभागी हुने टिम तथा क्लबहरु एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रुपमा आबद्ध भएको हुनुपर्नेछ शर्त राखेको छ। प्रतियोगिताको खेलहरु च्यासलस्थित मैदानमा हुने र फाइनल खेल दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने र त्यसपछि सहभागि टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ। नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकको भनाइ छ।

प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पाउनेछ। प्रवक्ता पौडेलका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५०-५० हजार पाउने छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>