अन्तर्राष्ट्रिय
जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो, ३१ हजार प्रभावित ‘सेल्टरमा’
०

काठमाडौं, पुस १८-
जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
अधिकारीहरुले भूकम्पपछि पहिरो र भारी वर्षाको चेतावनी दिएका छन् । नोटो क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि सुनामी समेत आएको थियो ।
भूकम्पले आगलागी हुँदा र घर तथा सडक भत्किएर ठूलो भौतिक क्षति भएको छ । खराब मौसमबीच उद्धारकर्ताले भग्नावशेषमा फसेका मानिसको खोजी गरिरहेकाले घाइते तथा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
भूकम्पपछि ३१ हजार ८०० भन्दा बढी मानिस घरबाहिर आश्रयस्थल (सेल्टर)मा रहेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























