देश/प्रदेश

मोटरसाइकलले ठक्कर दिँदा ट्रेनिङमा दौडिरहेका एक प्रहरीको मृत्यु, दुई घाइते

Banner

हेटौँडा, पुस १८-

हेटौँडामा एक जना प्रहरीको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका छन् । आज बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको हो ।

हेटौँडाबाट नवलपुर आउँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकल ठक्करबाट दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।

दुर्घटनामा थप दुई जना प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री घाइते भएका छन् भने मोटरसाइकल चालक पनि घाइते भएका छन् । मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी गणमा कार्यरत थिए ।

अर्का घाइते मोटरसाइकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area