पत्रपत्रिका

गोठ सार्दासार्दै बिहे

०
Banner

मनाङ, पुस १८-

मनाङका चौँरीपालकको जीवन याक, चौँरी तथा च्याङ्ग्रासँगै जोडिएकाले अधिकांश पशुपालकको जीवन याक, चौँरीसँगै बित्ने गर्दछ । चौँरी स्वभावैले हिउँमा बस्ने गर्दछ । तातो तथा न्यानो स्थानमा याक, चौँरीलाई असहज हुने भएकाले बेँसी धेरै मन पराउँदैनन् तर यतिबेला मनाङका लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक, चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।

हुँदा खानेहरू जाडो छल्न बेँसी झरे भने हुनेखानेहरू काठमाडौँ, पोखरालगायतका सहरमा पसिसके। किसानको न त सहरमा घर छ न त उनीहरू याक, चौँरी छोडेर नै बस्न सक्छन् । यिनीहरूलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ ।

हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला। यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकाका ६० वर्षीय याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउनुहुन्छ । सानो उमेरदेखि नै गोठ र याक, चौँरीसँगै जीवन गुजार्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “याक, चौँरी त हाम्रो छोराछोरी जस्तै हो । यिनीहरूको स्याहारसुसारमै जीवन बितेको छ । हाम्रो समाज भनेको हामी बुढाबुढी र याक, चौँरी हो ।”

अर्का ६१ वर्षीय निङ्मा सोनाम लामाले गोठ सार्दा सार्दै बिहे भएको बताउनुभयो। १३ वर्षको उमेरमै गोठालो भएका लामाले याक, चौँरीको स्याहारसुसार गर्दा गर्दै जीवन गुज्रिँदै गएको थाहा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही काम गर्दा गर्दै बिहे ग¥यौँ र बालबच्चा हुर्कायौँ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>