समाचार

रवि लामिछानेलाई खोया प्रहार गरेको पुष्टि नभएपछि छुटे रानाभाट

०
Banner

काठमाण्डौँ, पुस १७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गरेको अभियोगमा पक्राउ परेका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन्।

लामिछानेलाई खोया प्रहार गरेको अभियोग पुष्टि हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार उनलाई साधारण तारेखमा छाडेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए।

ुरवि लामिछानेलाई नियतवश खोया प्रहार गरेको पुष्टि हुन सकेन। आज (मंगलबार) रानाभाट साधारण तारेखमा छुटेका एसपी थापाले बताए ।

प्रहरीसँगको बयानमा पनि रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताएका थिए।

ुरानाभाटले बयानमा पनि मैले खोया हानेको होइन, मकै खाएर फाल्दा त्यता गएछ भनेर बयान दिएका छन् । लामिछानेले कुनै कारबाही नगर्न स्टेजबाटै प्रहरीलाई अनुरोध गरे पनि सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको थियो।

पुस ८ गते पक्राउ परेका रानाभाटलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि भन्दै १० हिरासतमा राख्न अनुमति दिएको थियो। रानाभाट लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ भाटगाउँका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>