समाचार

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा विद्यालयमा सार्वजनिक बिदा नदिन निर्देशन

०
Banner

काठमाडौँ, पुस १७-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन तथा बालबालिकाहरुलाईसमेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन् ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।

आफू सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>