अन्तर्राष्ट्रिय
जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा आगलागी
०

काठमाडौं, पुस १७-
जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगलागी भएको छ ।
टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्याङबाट धुँवा निक्लिएको देखिन्छ ।
यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























