कृषि

भरतपुरको गीतानगरमा १७ थान मकै रोप्ने मेसिन र १७ थान मकै गोड्ने हलो बितरण

Banner

चितवन, पुस १७-

भरतपुरको गीतानगरका कृषक समूहलाई १७ थान मकै रोप्ने मेसिन र १७ थान मकै गोड्ने हलो बितरण गरिएको छ ।

कल्प वृक्ष सानाकिसान गरिबी निवारण कृषि सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभामा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो सामग्री बितरण गरेका हुन् ।

सोही अवसरमा उपमेयर अधिकारीले साना किसान कृषि सहकारी कृषि क्रान्तिको अस्त्र भएको टिप्पणी गरेका छन् । उनले भने, ‘कृषि क्रान्तिको उदगम बिन्दु भनेको नै साना किसान कृषि सहकारी हो । विश्वका अधिकांश मुलुकहरूमा कृषि क्रान्ति भएको छ भने त्यो यस्तै साना किसान कृषि सहकारी संस्थाहरु कै कारणबाट भएको हो ।’

कृषिको आधुनिकीकरण आवश्यक रहेको बेला कृषि सहकारीले खेलेको भूमिका अति नै महत्वपूर्ण रहेको उनको भनाइ थियोे । पछिल्लो समय सहकारी प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको हुदा सहकारी प्रतिको विश्वास दिनप्रतिदिन घट्दै गएको उपमेयर अधिकारीको तर्क थियोे । कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यप्रसाद अधिकारीले अध्यक्षको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक कृष्णप्रसाद धितालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रममा सस्थाका पाँच जना ज्येष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>