चितवन विशेष

चितवन साइकल राइडर्स क्लबद्वारा शाहसिक साइकल यात्रीहरु सम्मानित

Banner

चितवन, पुस १७-

चितवन साइकल राइडर्स क्लबले क्लबसँग आवद्ध विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको छ ।

क्लबले क्लबका सल्लाहकार राजन पिया, आजिवन सदस्य ईन्द्र रेग्मी र कोषाध्यक्ष जनककुमार ढकाल, शाहसिक साइकल यात्रीहरु समर श्रेष्ठ, प्रमित मगर, रोनिश कर्माचार्य र कृष्ण घिमिरेलाई सम्मानित गरेको हो ।

भर्खरै सम्पन्न चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसन (काडा) को सातौं वार्षिक साधारणसभामा तथा चौथो अधिवेशनबाट क्रमशः अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचित हुन सफल व्यक्तित्वलाई कार्यकाल सफलताको शुभकामना सहित क्लब सम्मान गरेको छ  ।

सोही अवसरमा चितवन साइकल राइडर्स क्लबको प्रतिनिधित्व गर्दै क्लबका कार्यसमिति सदस्य समर श्रेष्ठसहित सदस्यहरू मगर, कर्माचार्य र घिमिरेले साहसिक साइकल यात्रा गर्दै आठौ दिनमा सफलता पूर्वक अन्नपूर्ण सर्किट साइकल यात्रा ( संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल र संसारकै अग्लो स्थानमा रहेको थोराङ्ला पास) पूरा गर्न सफल भएकोमा उनीहरुलाई पनि हार्दिक बधाइसहित आउँदा दिनहरूमा पनि यस्तै साहसिक साइकल यात्राको निरन्तरताको शुभकामनासहित क्लबले सम्मान गरेको छ ।

उक्त अवसरमा साइकल यात्रीको तर्फबाट प्रमित मगरले साइकल यात्राको दौरानका अनुभवका साथै रोमाञ्चक अनुभूतिहरु सुनाएका छन् । चितवन अटोमोबाइल्स डिलर्स एशोसिएसन (काडा) का निर्वाचित अध्यक्ष राजन पियाले राइडर्स क्लबसँगको सहकार्यमा साहसिक खेल गतिबिधिहरु गर्नको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चितवन साइकल राइडर्स क्लबका उपाध्यक्ष धर्मराज सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रम क्लबका अध्यक्ष पदमबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>