देश/प्रदेश

सन् २०२३ सकियो, आजदेखि सन् २०२४ सुरु

Banner

काठमाडौं, पुस १६-

ग्रेगोरियन पात्रोअनुसार अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ आजदेखि सुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।

पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट, कास्कीको पोखरा, चितवनको सौराहालगायत स्थानमा आइतबार राति नयाँ वर्षको स्वागतमा ‘न्यू इयर इभ’ मनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area