समाचार

भारतबाट इन्धनको मुल्य घटबढ भएर आएपनि नेपालमा यथावत् राखियो

०
Banner

काठमाण्डौँ, पुस १५-
भारतबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य घटबढ भएर आएको छ । तर, नेपाल आयल निगमले अहिलेलाई नेपालमा खुद्रामा मूल्यमा कुनै हेरफेर नगर्ने निर्णय गरेको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ० दशमलव १२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ० दशमलव २० रुपैयाँ घटेर आएको छ ।
तर, पेट्रोलको मूल्यमा प्रति लिटर ० दशमलव ४१ रुपैयाँ बढेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर ३००।४१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ यथावत् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ यथावत् छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>