समाचार

वैदेशिक रोजगारीमा जाने युवाको संख्या झन् बढ्दै, मंसिरमा मात्रै ७१ हजार बढीले श्रम स्वीकृती लिए

०
Banner

काठमाण्डौँ, पुस १५-
वैदेशिक रोजगारीका लागि मंसिरमा मात्रै ७१ हजार २७६ जना युवाले श्रम स्वीकृति लिएका छन्। यो आँकडा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।

नयाँ तथा पुनःश्रम स्वीकृति लिनेमा ६४ हजार ३४२ पुरूष र ६ हजार ९३४ महिला छन्।

श्रम स्वीकृति संयुक्त अरब इमिरेट्स (युएई) का लागि सबैभन्दा धेरै १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन्।

कतारका लागि १४ हजार १५२ जनाले स्वीकृति लिएका छन्। साउदीका लागि १३ हजार ९८३ जनाले लिएका छन्। त्यस्तै मलेसियाका लागि ९ हजार ७७५, कुवेतका लागि तीन हजार ४५८ जनाले श्रम स्वीकृति लिएका छन्। जापानका लागि एक हजार ५२८ जनाले श्रम स्वीकृति लिएका छन्।

युरोपका रोमानियालगायत विभिन्न मुलुकका लागि पनि ठूलो संख्यामा युवाहरूले श्रम स्वीकृति लिएको आँकडाले देखाएको छ।

विभागका अनुसार मंसिरमा विभिन्न १०८ वटा मुलुकहरूका लागि युवाहरूले श्रम स्वीकृति लिएका छन्। ७७ वटै जिल्लाका युवाहरूले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा धेरै धनुषा जिल्लाबाट युवाहरू गएका छन्। धनुषाका तीन हजार ६२१ जनाले श्रम स्वीकृति लिएका छन्। झापाबाट तीन हजार ३९७ जनाले श्रम स्वीकृति लिएका छन्। मोरङबाट तीन हजार १०२ जनाले श्रम स्वीकृति लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>