अपराध

नारायणगढबाट बेपत्ता इञ्जिनियरिङका विद्यार्थीको शव गाँजीपुरमा भेटियो

Banner

चितवन, पुस १५–

नारायणगढबाट बेपत्ता भएका काठमाडौंको हिमालयन कलेज अफ इन्जिनियरिङमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका २२ वर्षीय युवाको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–१७ गाँजीपुरस्थित नारायणी नदीकिनारमा उनको शव फेला परेको हो । उक्त शव स्याङ्जा अर्जुनचौपारी गाउँपालिका ९ स्थायी ठेगना भई बाठमाडौँ बस्ने गुरुप्रसाद अर्यालको रहेको प्रहरी जनाएको छ । पुस ५ गते कलेज जान्छु भनी घरबाट बिहान सवा ६ बजे निस्किएका उनी नारायणगढको नारायणी पुलबाट बेपत्ता भएका थिए ।

 

उनले प्रयोग गर्दै आएको मोबाइल नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा काम गर्ने महिलाको साथबाट बरामद गरिएको थियो । नारायणी पुलको सीसी क्यामरा हेर्दा पुलमा देखिएको तर वारपार गरेको नदेखिएको उनको परिवारले बताएको थियो । ‘कलेज जान्छु भनि निस्किएको छोरो बेलुकी म अफिसबाट घर आइपुग्दा पनि नआएपछि मैले फोन गरे । फोन लागेको केहि समयमै फोन अफ भयो’, बुबा गोविन्द अर्यालले भने, ‘मोबाइल ट्रयाक गर्दै जाँदा नारायणगढको पोखरा बसपार्कको एउटा होटलमा काम गर्ने राम्रोसँग बोल्न नसक्ने महिलाको साथमा फेला प¥यो ।’

उनका अनुसार छोरासँग घरमा कुनै विवाद थिएन । सिभिल इन्जिनियरिङ छैठौँ सेमिस्टरमा अध्ययन गर्दै गरेको छोराको खोजीमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए । । छोराको खोजीका लागि उनीहरुले काठमाडौँ, चितवन र गैंडाकोट प्रहरीमा पनि निवेदन दिएका थिए । आज भेटिएको उनको शवको मुचुल्कापश्चात पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>