चितवन विशेष
रोटरी क्लब अफ चितवनको अध्यक्षमा भानु शर्माको नेतृत्व

चितवन, पुस १५-
रोटरी क्लब अफ चितवनको अध्यक्षमा कम्प्युटर व्यवसायी भानु शर्मा चयन भएका छन् ।
क्लबको शुक्रबार सम्पन्न वार्षिक बैठकले शर्माको नेतृत्वमा वर्ष २०२४\२५ का लागि १९ सदस्यीय बोर्डको चयन गरेको हो । शर्माले आगामी वर्ष जुलाईबाट आफ्नो कार्यभार सम्हाल्ने छन् ।
बोर्डमा चन्द्रेश्वर भट्टराई निवर्तमान अध्यक्ष, डा कृष्णप्रसाद पौडेल निर्वाचित अध्यक्ष, रामचन्द्र अधिकारी सिफारिस अध्यक्ष, ज्ञानेन्द्रमान श्रेष्ठ प्रथम उपाध्यक्ष, राजन पिया द्वितीय उपाध्यक्ष, गोपाल भट्ट्राई तृतीय, पुरुषोत्तम रिजाल सचिव र लक्ष्मण अर्याल कोषाध्यक्ष रहेका छन् ।
निर्देशकहरुमा गोपाल गैरे, पुरन सुवेदी, शिरिष पन्त, डा. मनोहर प्रधान, लोमश अधिकारी, सहसचिवमा जनककुमार ढकाल, जनसम्पर्क अधिकारी मनोज बर्नावाल, सहायक जनसम्पर्क अधिकारी शोभा बराली, सम्पादक रुपक श्रेष्ठ, सहसम्पादक प्रभा गुरुङ चयन भएका छन् ।
बैैठकमा २०२४\२५ का अध्यक्ष भानु शर्माले आफ्ना कार्ययोजनाहरु पेस गर्दै सबैको सहयोग र सल्लाहबाट क्लबको छविलाई अझ माथि उठाउने प्रतिबद्धता व्यक्त गरेको क्लबका नवनिर्वाचित सहसचिव जनककुमार ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाको संयोजकत्वमा रहेको निर्वाचन समितिले बोर्डको नामावली पेस गरेपछि बैठकले पारित गरेको हो ।

























