चितवन विशेष

भरतपुरको पाखुरीचोकमा ३८ जनाले गरे रक्तदान

Banner

चितवन, पुस १५-

भरतपुर महानगरपालिका–१३ पाखुरीचोकमा भएको खुला रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान गरेका छन् ।

हिमाल युवा क्लब र उज्ज्वल दुग्ध उत्पादक सहकारी संघको संयुक्त आयोजनामा भएको रक्तदानमा ३४ पुरुष र ४ महिला गरी ३८ जनाले रक्तदान गरेका हुन् ।

क्लबका अध्यक्ष सन्जिव न्यौपानेले दिएको जानकारी अनुसार क्लबको भवनमा भएको रक्तदान कार्यक्रममा भरतपुर १३ का वडा अध्यक्ष प्रकाश दवाडी प्रमुख अतिथि थिए । उज्ज्वल दुग्ध उत्पादक सहकारीका अध्यक्ष होमनाथ सुवेदीले मेडिकल सिटीको रुपमा रहेको भरतपुरमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए ।

सोही अवसरमा गीतानगरका भगिरथ तिमिल्सिनाले यस कार्यक्रममा रगत दिएसँगै उनको रक्तदानको रेकर्ड ५५ पटक पुगेको छ । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड उपाध्यक्ष एवम् सहकारी अभियन्ता तिमिल्सिनाले शनिबार आफूले रगतदान गदैँ सो जानकारी गराएका हुन् । भरतपुर ६ को माओवादी केन्द्रको अध्यक्ष समेत रहेका तिमिल्सिनाले विसं. २०४५ सालमा पार्टीकै रक्तदान कार्यक्रममा १९ वर्षको उमेर हुदाँ पहिलो पटक रक्तदान गरेको बताउँछन् । उनले भने, ‘पहिलो पटक रक्तदान गरेपछि नियमित रुपमा ३\३ महिनामा रक्तदान गर्दै आएको छु । मानव सेवा गर्नु पर्छ भन्ने हिसाबले रक्तदान गर्न सुरु गरे पनि अहिले नियमित रक्तदान गर्ने बानी परेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>