देश/प्रदेश
कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या गर्ने तीन पक्राउ, एक जना फरार
०

दाङ, पुस १५-
दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसी शव कोइलाखानीको सुरूङमा भेटिएको थियो ।
बंगलाचुली गाउँपालिका-४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका केसीको हत्या भएको खुलेको हो। घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको छ भएपनि अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ।
स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























