अन्तर्राष्ट्रिय
गाजामा सङ्क्रामक रोग फैलिन थाल्यो: राष्ट्र सङ्घ
०

पुस १५-
संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए)ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो ।
राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।
तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाको रहेको सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेको ओसीएचएले जनाएको छ ।
राष्ट्र सङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, इजरायलको निरन्तरको आक्रमणका कारण गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका राष्ट्रसंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























