अन्तर्राष्ट्रिय
मर्दी ट्रेकमा आएका स्वीडेनी नागरिक सम्पर्कविहीन
०

पोखरा, पुस १५-
स्वीडेनीका एक नागरिक सम्पर्कविहीन भएका छन् । कास्कीको पोखरा-मर्दी ट्रेकमा गएका स्वीडेनीका मिचेल नाम गरेका नागरिक सम्पर्कविहीन भएका हुन् ।
मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका उनी सम्पर्कविहिन भएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष गुरुङले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























