समाचार

बालकुमारी घटना छलफल गर्न गृहमन्त्रीलाई संसदीय समितिले बोलायो

०
Banner

काठमाडौं, पुस १४-
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

समिति सचिव सुरजकुमार दुराका अनुसार बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।

पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>