चितवन विशेष

भरतपुरको कञ्चन समाज विकास परिषद्को अध्यक्षमा प्रेमबहादुर थापा

Banner

चितवन, पुस १४-

भरतपुर महानगरपालिका–२१ मा रहेको कञ्चन विकास परिषद्को अध्यक्षमा प्रेमबहादुर थापा चयन भएका छन् ।

परिषद्को आज सम्पन्न २७औं साधारण सभा तथा १३औ अधिबेशनबाट थापाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्ष राम मोहन पन्त, सचिव बिनय न्यौपाने, सहसचिव प्रज्ज्वल भट्ट, कोषाध्यक्ष अर्जुन भट्ट ७ जना सदस्य रहेका छन् ।
सभाले कमलराज अधिकारीको सयोजकत्वमा अनित अधिकारी र किसान पौडेल सदस्य रहेको लेखा समिति गठन गरेको छ । नयाँ समितिका पधाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक भूपेन्द्र बस्नेतले अबिर तथा खादा लगाएर बधाइ दिए ।
भरतपुर–२१ मा बिगत २८ वर्ष देखि सक्रिय संस्था, बातावरण, विकास, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा कार्य गरिरहेको छ । यस सस्थाले बिगत लामो समय देखि माघे संक्रान्तिमा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । यस वर्ष पनि भब्यताका साथ भलिबल प्रतियोगिता आयोजना गर्ने नव निर्वाचित अध्यक्ष थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>