Breaking News

बाक्लो हुस्सुले ‘भिजिबिलिटी’ कमजोर हुँदा भरतपुर विमानस्थलमा उडान प्रभावित

Banner

पूजा ढकाल

चितवन, पुस १४-

प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको भरतपुर विमानस्थलले जनाएको हो ।

बिहानको उडानको प्रभावित भए पनि दिउँसो १ बजेबाट उडान सुरु भएको विमानस्थलले जनाएको छ । उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । बाक्लो हुस्सु\कुहिरोका कारण भरतपुरसहित सिमरा, जनकपुर र भैरहवाको उडान प्रभावित भएका छन् ।

भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक १० वटा उडान हुँदै आएका छन् । आकाश खुलेपछि आज दिनभरमा भरतपुर–काठमाडौँ ६ वटा उडान भएका छन् । आज पोखरा उडान रद्द भएको भरतपुर विमानस्थलले जनाएको छ । भरतपुर विमानस्थलमा बिहान ७ बजेबाट साँझ पाँच बजेसम्म उडान हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>