खेलकुद

सहभागी सबै उठेर गएपछि खाली चौरमा मन्त्री सिम्खडाको भाषण

Banner

पोखरा, पुस १४-

कार्यक्रममा सहभागी सबै उठेर गएपछि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिम्खडाले खाली चौरमा भाषण गरेकी छन् ।

पोखरा रंगशालामा शुक्रबार सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा यस्तो अवस्था आएको हो । कास्की जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मन्त्री सिम्खडा प्रमुख अतिथिका रुपमा डाकिएकी थिइन् ।

उद्घाटन समारोहअघि मार्चपास गरिएको थियो । जसमा प्रतियोगितामा भाग लिने खेलाडी, विद्यार्थी, प्रशिक्षकसहितसयौंको संख्यामा सहभागी थिए । औपचारिक उद्घाटन कार्यक्रम पनि निर्धारित समयभन्दा ढिलो हुँदा कतिपय प्रतियोगिता कभर्ड हलमा सुरु भइसकेका थिए । उद्घाटन समारोह लामो हुन थालेपछि सहभागीहरु पनि एकएक गर्दै बाहिरिन थाले । प्रत्यक्षदर्शीका अनुसार मन्त्री सिम्खडाको बोल्ने पालो आउँदा मैदानमा केही संख्यामा पत्रकारबाहेक कोही पनि बाँकी रहेनन् । तर, पनि उनले आफ्नो भाषण नछोट्याइ निरन्तर खाली रंगशालामा फर्किएर भाषण गरिरहिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>