चितवन विशेष

चितवनमा भोलि दुई स्रष्टा प्रभात र बानियाँ पुरस्कृत हुँदै

Banner

चितवन, पुस १४-

चितवनमा भोलि दुई स्रष्टा रमेश प्रभात र प्रा.डा कर्णबहादुर बानियाँ पुरस्कृत हुने भएका छन् ।

साहित्य संगम चितवनले प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औं जन्मजयन्तीको अवसरमा साहित्यिक व्यक्तित्वका आधारमा प्रभात र बानियाँलाई पुरस्कृत गर्न लागेको हो ।

प्रभातले डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८० पाउँदै छन् भने बानियाँले खिमा–केशरी–रमण खनाल साहित्य पुरस्कार–२०८० प्राप्त गर्ने साहित्य संगम चितवनले जनाएको छ । दुई पुरस्कार साहित्यका पोषराज पौडेल र खनाल रेवती रमणले स्थापना गरेका हुन् । दुवै पुरस्कार भोलि आइतबार दिउँसो एक बजे नारायणी नमुना माविपरिसरमा बितरण गरिने साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँले जानकारी दिए ।

तनहुँको पुरकोटमा २०२९ सालमा जन्मिएका रमेश प्रभात चितवनका प्रखर कवि, समालोचक तथा गजलकार हुन् । विसं २०४४ सालबाट कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गरका प्रभातको २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकु सङ्ग्रह, २०५७ सालमा ‘शब्दहरु अविराम यात्रामा’ संयुक्त कविता सङ्ग्रह, २०६१ सालमा ‘प्रायश्चित’ बालकथा संग्रह प्रकाशित भइसकेका छन् । यसै वर्ष उनको समीक्षाको नयाँ पुस्तक आउने तयारीमा छ ।

६५ वर्षीय अर्का स्रष्टा प्रा. डा. कर्णबहादुर बानियाँ पाल्पामा जन्मिएका समीक्षक, इतिहासकार र बालकथाकार हुन् । अहिले भरतपुर महानगरपालिका–१२ मा बस्ने बानियाँको झण्डै दुई दर्जन खोजमूलक, पुस्तक र लेखरचना प्रकाशित भइसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>