चितवन विशेष
भरतपुरको वाल्मीकि शिक्षा सदनमा भएको गणितीय ओलमपियाडमा २४१ विद्यार्थीको सहभागिता

चितवन, पुस १४-
भरतपुरको वाल्मीकि शिक्षा सदनमा भएको जिल्लास्तरीय गणितीय ओलमपियाडमा २४१ जना विद्यार्थीले सहभागिता जनाएका छन् ।
६५ औं अन्तर्राष्ट्रिय गणितीय ओलमपियाडअन्तर्गत जिल्लास्तरीय पहिलो चरणको शुक्रबार सम्पन्न ओलमपियाडमा चितवनका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ का विद्यार्थीहरुले सहभागिता जनाएका हुन् ।
कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. दयाराम पौडेल प्रमुख अतिथि रहेका थिए । प्राध्यापक पौडेलले व्यानर वाचन गरी उद्घाटन गरेको उक्त कार्यक्रममा सहप्राध्यापक राजाराम आचार्य, सहप्राध्यापक डा. प्रेमसागर भण्डारी एवम् वाल्मीकि शिक्षा सदनका प्राचार्य प्रदीप पौडेलबाट वर्तमान परिपेक्ष्यमा गणित विषयको अपरिहार्यताको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वाल्मीकि शिक्षा सदनका कोअर्डिनेटर विष्णुप्रसाद ढकालले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रमलाई म्याथम्याटिक्स ओलमपियाड एशोसिएसन अफ नेपालका उपाध्यक्ष हरिप्रपन्न कँडेलले सुपरीवेक्षण गरेका थिए ।

























