काठमाडौँ
बालकुमारी घटनामा ७ जना माइतीघरबाट पक्राउ
०

काठमाडौं, पुस १४-
बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापा, शोम शर्मा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























