Breaking News
हामीले प्रधानमन्त्री बनाएको प्रचण्डले राम्रो काम नगरे बालुवाटारबाट खुमलटार पुर्याउँछौः गगन
०

काठमाडौँ, पुस १४-
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन् ।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएले सरकारमा रहेर राम्रा काम गर्न नसके खुमलटार पठाउने हैसियत काँग्रेसको भएको बताएका हुन् ।
उनले भने,‘प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसको छ । आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भाये त्यो दुःखद् घटना हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























