समाचार

सबैलाई भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनको आदेश

Banner

काठमाडौँ, पुस १३-

सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

सिप बिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फाराम भर्न दिनू भनेर आदेश दिएको थियो ।

सिप बिल्डिङमा फेल भएका करिब ३० हजारमध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिप बिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउनेछन् ।

परीक्षा फाराम भर्न नपाएका युवाहरुले शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा दुई युवाको मृत्यु हुनुका साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा.२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>