देश/प्रदेश

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

Banner

बागलुङ, पुस ११-

राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि यहाँ आउनुभएका उहाँले उक्त सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो ।

सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुग्नुभएका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्यलगायतले स्वागत गर्नुभएको थियो । सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिनुभयो । बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उहाँले उल्लेख गर्नुभयो ।

“मैले बागलुङमा धेरै समय बिताए”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले २०४६ सालको जनआन्दोलनमा बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिनुभयो । कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उहाँको भनाइ थियो ।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृति पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । “पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ”, राष्ट्रपति पौडेलले भन्नुभयो– “म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पुर्‍याएका हुन ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area