Breaking News

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः चितवनको गौतमबुद्ध क्रिकेट रंगशाला तीनै तहको सरकारको समन्वय अघि बढ्दैछ

Banner

चितवन, पुस १०–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला तीनै तहको सरकारको समन्वय निर्माण प्रक्रिया अघि बढाउने बताएका छन् ।

एक वर्ष उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भन्दै तीनै तहको सरकारको समन्वयमा निर्माण हुने बताए । उनले बिना पूर्वाधार नेपाली क्रिकेट विश्वकपको यात्रा तय गरेको भन्दै यसले नेपालमा खेल पर्यटनको ठूलो आधार तय भएको बताए । त्यसलाई सार्थकता दिन पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई पीपीपी मोडेलमा विस्तारको काम अघि बढाउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>