चितवन विशेष
बिद्यार्थीका लागि सेन्ट्रल कलेजको अभिमुखिकरण,आठसय बढि बिद्यार्थी सहभागि

चितवन, पुस ९-
उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय र भौगोलिक वातावरण, एप्लाई गर्ने तरिका लगायतमा विषयमा अभिमुखिकरण गरिएको सेन्ट्रल कलेजले जानकारी दिएको छ । भरतपुरमा भएको अभिमुखिकरण कार्यक्रममा चितवन सहित यस आसपासका जिल्लाका आठ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
विशेषगरी जापान एप्लाई गरेका विद्यार्थी र जान चाहने विद्यार्थी दुवैलाई लक्षित गर्दै अभिमुखिकरण गरिएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले जानाकारी दिनुभयो । आगामी दिनमा पनि विद्यार्थीका लागि छुट्टै अभिमुखिकरण कार्यक्रम गरिने बताउनुभयो । ‘हामीले एम्लाई गरेका विद्यार्थीलाई र सन् २०२४ मा एप्लाई गर्ने तयारीमा रहनुभएका विद्यार्थीलाई अभिमुखिकरण राखेका छौं’ उहाँले भन्नुभयो, ‘एउटै हलमा आठसय बढि बिद्यार्थी राखेर सिकाउने प्रयास गरेका हौँ ।’ कलेजबाट पनि परामर्श दिँदै आएको बताउँदै पौडेलले विद्यार्थीलाई अझै धेरै ज्ञान प्रदान गर्नका लागि अभिमुखिकरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कलेजले आफ्नो मुख्य कार्यालय लायन्सचोक, प्रेसमार्ग, नारायणगढ र शाखा कार्यालयहरुमा जापानिज भाषाका कक्षा सञ्चालन हुँदै आएको छ । उहाँले दक्ष र अनुभवी जापानिज भाषाका शिक्षकहरुद्धारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरको मुख्य कार्यालय नारायणगढ, शाखा कार्यालयहरु सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासेती र तनहुँको डुम्रेबाट पनि जापानिज भाषाका कक्षा सञ्चालन भएका छन् ।
यस्तै कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए,दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ । १२ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आइरहेको छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु पनि निरन्तर सञ्चालनमा रहेको प्रिन्सिपल पौडेलले बताउनुभयो । विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहाने विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उहाँले बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरु गर्दै आएको छ ।
कलेजले नयाँ बर्षबाट नारायणगढ ओरालोमा आफ्नै भवन सेन्ट्रल टावरबाट विद्यार्थीलाई सेवा दिँदै छ । भवन निर्माणको अन्तिम चरणमा छ । जापान र अष्ट्रेलियामा समेत आफ्नो सम्पर्क कार्यालय रहेको कलेजले चितवन र नवलपुरका विद्यार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।


























