अन्तर्राष्ट्रिय

तीन सय घन्टाभन्दा बढी समयदेखि बेइजिङको तापक्रम शून्य डिग्रीभन्दा कम

०
Banner

बेइजिङ, पुस ९-

बेइजिङमा सन् १९५१ यताकै सबैभन्दा लामो समय अत्याधिक चिसो भएको छ।

कयौं दिनको शीतलहर र हिमपातपछि आइतबारमात्रै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि पुगेको समाचार संस्था सिएनएनले जनाएको छ।

बेइजिङको नानजियाओ मौसम केन्द्रले मापन गरेअनुसार पछिल्लो समय तापक्रम शून्य डिग्री सेल्सिय भन्दा कम थियो। गत डिसेम्बर ११ मा यस वर्षको तापक्रम शून्य डिग्रीभन्दा मुनी पुगेको थियो।

तर त्यसयता आइतबारमात्रै उक्त रेखाबाट तापक्रम माथि उठेको हो।

‘डिसेम्बर ११ मा यस वर्ष पहिलो पटक तापक्रम शून्य डिग्रीभन्दा तल झरेकोमा ३०० घण्टाभन्दा बढी समय तापक्रम त्यो रेखा मुनि नै थियो,’ स्थानीय समाचारलाई उदृत गर्दै सिएनएनले लेखेको छ।

अत्यधिक चिसोका कारण बेइजिङको मेट्रोमा समेत समस्या आएको छ।

हेनान प्रान्तमा कतिपय सिस्टममा समस्या समेत देखिएको थियो। अत्याधिक चिसो भएपछि न्यानो बनाउने जियाओजुओ शहरमा रहेको वाङफाङ पावर प्लान्टमा पनि समस्या आएको थियो।

पुयाङ र पिङदिङशानले पनि कतिपय सरकारी भवन र राज्य सञ्चालित कम्पनीहरूमा ‘हिटिङ’ गर्न रोकिएको छ। अस्पताल, विद्यालय र आवासीय क्षेत्रका भवनहरूमा हिटिङ गर्न थालिएको हो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>