देश/प्रदेश

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Banner

सिन्धुली, पुस ९-

सिन्धुलीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकलमा सवार खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको हो ।

आज बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area