राजनीति

हत्याको मुद्दामा सफाइ पाएका सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै दिए निवेदन

Banner

काठमाडौँ, पुस ८-

निलम्बन फुकुवा गर्न माग गर्दै नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निवेदन दिएका छन् । कोइरीले फुकुवाको माग माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका हुन् ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

मधेश आन्दोलनमा सशस्त्र असई बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>