देश/प्रदेश

कान्तिपुर टिभीबाट राजीनामा दिदैँ दिलभुषण

Banner

काठमाडौं, पुस ८-

कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । तर, प्रधानसम्पादक दिलभुषणले कान्तिपुर टेलिभिजन छोडेको घोषणा गरे पनि लिखित राजीनामा भने बुझाएका छैन्न । दिलभुषण २०७८ भदौमा कान्तिपुर टिभीको प्रधानसम्पादक भएका थिए।

‘समाचार टिमका साथीहरूलाई कान्तिपुर टेलिभिजन छोड्न लागेको जानकारी गराइसकेको छु,’ दिलभुषणले भने, ‘केही विषयहरू मिल्न बाँकी रहेकाले लिखित राजीनामा दिएको छैन, व्यवस्थापनले प्रतिबद्धता पूरा गर्नेबित्तिकै राजीनामा बुझाउँछु।’

दिलभुषणले राजीनामा दिने घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई नियुक्ति दिने तयारी गरेको हो। साथै कान्तिपुर टिभीले रूपेश श्रेष्ठलाई पनि सम्पादकका रूपमा कान्तिपुरमै फर्काउने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area