देश/प्रदेश

दुबईबाट घले समूहले १३८ केजी सुन नेपाल भित्र्याउँदा १४ केजी मात्र बरामद

०
Banner

काठमाडौं, पुस ८-

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ केजी सुनसहित पक्राउ परेको गरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको छानबिन समितिले निष्कर्ष निकालेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट २२ मंसिरमा दुबईबाट १४ केजी सुनसहित काठमाडौं आएका चन्द्र घले पक्राउ परेपछि छानबिन समिति गठन भएको थियो । सो समितिले छानबिन प्रतिवेदन सार्वजनिक गर्दै १३८ केजी सुन नेपाल भित्र्याएकोमा १४ केजी मात्रै बरामद गरिएको जनाएको छ ।

समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिक अंकित अग्रवालसँग सम्पर्क गरी नेपालमा सुन तस्करीको चाँजोपाँजो मिलाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>