देश/प्रदेश

सरकारीको अनुदानमा हाते ट्रयाक्टर पाएपछि किसान खुसी

Banner

कञ्चनपुर, पुस ८-

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।

एक कार्यक्रमकाबीच पूर्वसांसद डा दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गर्नुभयो । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्र्याक्टरले सहजता थप्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताउनुभयो । “पहिलो पटक ३५ किसानलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उहाँले भन्नुभयो, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्र्याक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताउनुभयो ।

“गोरु वा भाडामा ट्र्याक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्र्याक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्र्याक्टर पाएका हुन् ।

“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पथ्र्यो, किन्न सकिने अवस्था थिएन”, उहाँले भन्नुभयो, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्र्याक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area