राजनीति
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज
०

दाङ, पुस ८-
लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आज हुने भएको छ। प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे हुने जानकारी दिएको हो।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए।
दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























