समाज
मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढको अध्यक्षमा विज्ञान
०

चितवन, पुस ८-
मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढको अध्यक्षमा विज्ञान पौडेल सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार भएको १८औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
क्लबको उपाध्यक्षमा प्रकाश गुरुङ, महासचिवमा नारायण पौडेल, सचिवमा दिपक अधिकारी, कोषाध्यक्षमा निर्मला थापा मगर र सह–कोषाध्यक्षमा लेखनाथ कँडेल चयन भएका छन् ।
सदस्यहरुमा बैकुण्ठ शर्मा, राम कृष्ण दुवाडी र राज कुमार श्रेष्ठ चयन भएका मेडिकल स्टकिस्ट क्लब अफ नारायणगढको नव अध्यक्ष पौडेलले बताए ।
नयाँ कार्यसमितिको दुई वर्षे कार्यकाल रहनेछ । आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने पौडेलले प्रतिबद्धता जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























