चितवन विशेष

नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ सदस्य मनोनित

Banner

चितवन, पुस ७–

नेपाल बैंकर्स संघमा पाँच जना सदस्य मनोनित भएका छन् । चितवनको पटिहानीमा आज (शनिबार) भएको नेपाल बैंकर्स संघको ३७औं वार्षिक साधरणसभाबाट रिक्त रहेको पाँच कार्यसमिति सदस्यमा मनोनित गरिएको हो ।

संघका अनुसार कार्यसमिति सदस्यमा मनोनित हुनेमा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल रहेका छन् ।

वार्षिक साधरणसभाको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै गर्भनर अधिकारीले नेपालको अर्थतन्त्र देखेर डराउन नपर्ने अवस्था रहेको बताएका छन् ।
दक्षिण एसियामै नेपालको अर्थतन्त्र मजबुत रहेको उनको दावी थियो । उनले नेपालका बैंकहरु खराब कर्जाबाट समेत समस्याग्रष्त अवस्थामा नरहेको बताए । गर्भनर अधिकारीले बैंकहरुलाई गरि खाने र ठगी खाने मात्रै छुट्याए खराब कर्जाबाट जोगिन सकिने भन्दै त्यति मात्रै गरे कुनै समस्या नहुने बताए ।

कार्यक्रममा ६ जना पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) र बैंकिङ तथा मुलुकको अन्य विशिष्ट क्षेत्रमा योगदान दिएको भन्दै कुलचन्द्र गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रममा २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत बैंकर्सहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष सुनिल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>