राजनीति

रवि लामिछानेमाथि खोया प्रहार गर्ने युवक पक्राउ

Banner

पोखरा, पुस ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो । तर, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको र मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर खोया गएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>